नियम ६०
पैठारी भएको मालवस्तुको प्रमाणपत्र दिने सम्बन्धी कार्यविधि
(१) विदेशमा बिक्री कर वा अन्य कुनै कर लाग्ने मालवस्तु पैठारी गर्ने व्यक्तिले त्यसरी पैठारी गरेको प्रमाणपत्र लिनको लागि सम्बन्धित भन्सार कार्यालयमा पैठारी गरेको प्रमाणसमेत संलग्न
गरी दरखास्त दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएमा भन्सार अधिकृतले आवश्यक जाचबुझ गरी त्यस्तो मालवस्तु पैठारी भएको पाइएमा अनुसूची–११ बमोजिमको ढाचामा निवेदकलाई प्रमाणपत्र दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको प्रमाणपत्र दिंदा प्रति प्रमाणपत्रको पाच रूपैया दस्तुर लाग्नेछ । यस्तो रकम भन्सार अधिकृतले सम्बन्धित व्यक्तिबाट असुल गरी राजस्व खातामा आम्दानी बांध्न वा सो रकम बरावरको हुलाक टिकट टास्न लगाइ सोमा भन्सार कार्यालयको छाप लगाइदिन सक्नेछ ।
(४) यस नियम बमोजिम प्रमाणपत्र माग गर्ने व्यक्तिले जुन मालवस्तुका लागि प्रमाणपत्र माग गरेको हो सो मालवस्तु पैठारी भएका मितिले पन्ध्र दिनभित्र दरखास्त नदिएमा त्यस्तो प्रमाणपत्र दिइने छैन । एउटै बीजकबाट पैठारी हुने मालवस्तु एकै पटक पैठारी नभई पटक पटक गरी पैठारी भएकोमा अन्तिम पटक पैठारी भएको मितिलाई नै पैठारी भएको मिति मानिनेछ ।